ई–आर्थिक, काठमाडौं । नेपालमा आज देशभर ११ औं राष्ट्रिय उद्योग दिवस मनाइदैछ । उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने गरिन्छ । मुलुकमा औद्योगिक प्रबर्द्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय भएको हो ।
सरकारले गरेको सोही निर्णय बमोजिम आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी उद्योग दिवस मनाइदै गरेको हो ।
यो दिवस विशेषगरी उद्योग मन्त्रालाय, उद्योग विभाग, उद्योगीहरुका साथै उद्योगसँग सरोकार राख्नेहरुले विशेष चासोका साथ मनाउने गर्दछन् । विभिन्न कार्यक्रमका साथै उद्योगीहरुले फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा शुभकामना आदान प्रदान गरिरहेका छन् ।
यस वर्षको औद्योगिक दिवसको नारा ‘स्वदेशी उद्यम र उत्पादनः दिगो औद्योगिक पुनरुत्थान’ भन्ने रहेको छ ।