२०८३ साउन ९ शनिबार

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७४ खर्ब ८२ अर्ब, निजी क्षेत्रतर्फ कर्जा ५५ खर्ब ८० अर्ब पुग्यो

ई आर्थिक    आइतबार, कार्तिक ३० २०८२
2.7K
Shares
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७४ खर्ब ८२ अर्ब, निजी क्षेत्रतर्फ कर्जा ५५ खर्ब ८० अर्ब पुग्यो

काठमाडौं ।  आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा दुवैमा वृद्धि देखिएको छ। समीक्षा अनुसार असोज मसान्तसम्म कुल निक्षेप रु. ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलना गर्दा ३.० प्रतिशत (रु. २ खर्ब १८ अर्ब ७२ करोड) ले बढेको हो। वार्षिक आधारमा यो वृद्धि १३.० प्रतिशत कायम छ।

निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ। संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत कायम भएको छ।

यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा रु. ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशत (रु. ८२ अर्ब ९३ करोड) ले वृद्धि हो। वार्षिक आधारमा यो वृद्धि ७.३ प्रतिशत रहेको छ। कर्जा प्रवाहमा गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सेदारी ६२.८ प्रतिशत, व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सेदारी ३७.२ प्रतिशत रहेको छ।

कर्जा वितरणमा वाणिज्य बैंकहरूको प्रवाह १.६ प्रतिशत, विकास बैंकहरूको ०.५ प्रतिशत, र वित्त कम्पनीहरूको १.६ प्रतिशत ले वृद्धि भएको छ। प्रवाहित कर्जामध्ये चालु सम्पत्ति (कृषि र गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत, घरजग्गा धितोमा ६४.३ प्रतिशत रहेको छ।

क्षेत्रगत विवरण अनुसार, निर्माण क्षेत्रमा कर्जा २.९ प्रतिशत, यातायात/सञ्चार/सार्वजनिक सेवा २.४ प्रतिशत, औद्योगिक उत्पादन २.४ प्रतिशत, उपभोग्य क्षेत्र १.६ प्रतिशत, थोक/खुद्रा व्यापार १.४ प्रतिशत वृद्धि भएको छ भने सेवा उद्योग क्षेत्रको कर्जा ०.३ प्रतिशत घटेको छ।

कर्जा प्रकारअनुसार रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय) ३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत, हायर पर्चेज कर्जा ०.६ प्रतिशत ले बढेको छ। ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत, अधिविकर्ष कर्जा ३.३ प्रतिशत घटेको छ।

यो तथ्यांकले वित्तीय संस्थाहरूको लगानी र बैंकिङ गतिविधि दुवैमा स्थिर वृद्धि भएको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij