२०८३ साउन ९ शनिबार

जुम्लामा एक वर्षमा सात हजारभन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र

ई आर्थिक    मंगलबार, कार्तिक ४ २०८२
2.4K
Shares
जुम्लामा एक वर्षमा सात हजारभन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला । जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मीनबहादुर रावलका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार हजार ४२ पुरुष र तीन हजार ३८८ महिलाले राष्ट्रिय परिचयपत्र बनाएका हुन्।

यसैगरी ६ हजार ८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। राहदानी लिनेहरूमा ६५१ पुरुष र ३७७ महिला गरी जम्मा एक हजार २८ जना रहेको सूचना अधिकारी रावलले जानकारी दिए।

सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा मात्र तीन हजार ५३७ जनाले आवेदन दिएका छन्।

राहदानी, संघसंस्था दर्ता तथा नवीकरण एवम् अन्य शीर्षकमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा १३ लाख ३७ हजार ६५० रूपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij