२०८३ साउन १० आइतबार

सशस्त्र प्रहरीद्वारा नेपाल–चीन सीमाक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, १३९ जनाले सेवा लिए

ई आर्थिक    आइतबार, कार्तिक २ २०८२
3.9K
Shares
सशस्त्र प्रहरीद्वारा नेपाल–चीन सीमाक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, १३९ जनाले सेवा लिए

मुस्ताङ । सशस्त्र प्रहरी बलको सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित नेपाल–चीन सीमाक्षेत्रका स्थानीयबासिन्दाका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

नं. ३३ गुल्म, सशस्त्र प्रहरी बल मुस्ताङ र नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, पोखराको संयुक्त आयोजना तथा समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीयवासी, आन्तरिक पर्यटक तथा केही चिनियाँ नागरिक गरी १३९ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा विभिन्न प्रकारका स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिहरू समेत निःशुल्क रूपमा वितरण गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। दुर्गम तथा उच्च हिमाली क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको अभावलाई ध्यानमा राखी यस्ता शिविरले स्थानिय जनतामा सहजता पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

स्थानीयस्तरमा यस्तो सेवा प्राप्त गर्दा खुसी व्यक्त गर्दै बासिन्दाहरूले सशस्त्र प्रहरी बल र सम्बन्धित स्वास्थ्य टोलीप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij