२०८३ साउन ९ शनिबार

सुन र चाँदीको मूल्यमा कीर्तिमानी वृद्धि, सुन प्रतितोला २ लाख ४० हजार ४ सय पुग्यो

ई आर्थिक    सोमबार, असोज २७ २०८२
5.4K
Shares
सुन र चाँदीको मूल्यमा कीर्तिमानी वृद्धि, सुन प्रतितोला २ लाख ४० हजार ४ सय पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य एकैदिन अभूतपूर्व रुपमा वृद्धि भएको छ। सोमबार सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेर दुबै धातुको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि आइतबार सो मूल्य २ लाख ३८ हजार रुपैयाँ थियो।

यसअघि असोज २३ गते कायम रहेको २ लाख ३९ हजार २ सय रुपैयाँको पुरानो रेकर्डलाई तोड्दै सुनले नयाँ उचाइ बनाएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि उच्च विन्दुमा पुगेको छ। सोमबार बजारमा चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको छ, जुन आइतबारको ३ हजार १२५ रुपैयाँको तुलनामा ९५ रुपैयाँले बढी हो। पछिल्ला दिनमा चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको प्रभावले नेपाली बजारमा समेत सो वृद्धि देखिएको हो। आगामी दिनमा अझै उतारचढाव हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij