काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार वृद्धि भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको छ।
आइतबार प्रतितोला २ लाख ३० हजार ६० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको हो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार प्रतितोला ३० रुपैयाँले बढ्दै चाँदी २ हजार ९ सय ६० रुपैयाँमा पुगेको छ। यो पनि हालसम्मकै उच्च मूल्य हो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।