ई-आर्थिक, काठमाडौं ।सुनकोशी मरीन डाइभर्सन बहुप्रयोजन आयोजनाको निर्माणस्थलमा हालैको बाढीले ठूलो असर पुर्याएको छ। प्राप्त जानकारी अनुसार, गएराति करिब २:०० बजेपछि बाढीको पानीले सम्पूर्ण साइट ओभरटप (छलांग) गर्न थालेको थियो।
बाढीका कारण निर्माणस्थलमा बनाइएको अस्थायी बाँध (कफरड्याम) पूर्ण रूपमा डुबानमा परेको छ। यद्यपि, अहिले बाढीको बहाव घट्दै गएको जनाइएको छ।
कफरड्याममा कति क्षति पुगेको र खनिएको निर्माण क्षेत्र (excavated site) मा कति मात्रामा गाद (सिल्ट) जमेको छ भन्ने कुरा बाढीको पानी घटेपछि मात्रै यकिन हुने बताइएको छ।
आयोजना पक्षले क्षतिको मूल्यांकन तथा पुनःनिर्माणका उपायहरू बाढीको बहाव सामान्य भएपछि अघि बढाउने जनाएको छ।