२०८३ साउन १० आइतबार

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना, स्थायित्व र समृद्धिको कामना

ई आर्थिक    बिहिबार, असोज १६ २०८२
4.1K
Shares
राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना, स्थायित्व र समृद्धिको कामना

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

हिन्दू धर्मावलम्बीको महान् चाडका अवसरमा शुभकामना सन्देश दिँदै उनले देशमा शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका हुन्।

राष्ट्रपतिले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले समाजमा मेलमिलाप र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्। साथै, दुर्गा भवानीको प्रसाद स्वरूप टीका–जमरा ग्रहण गर्ने परम्पराले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उल्लेख गरेका छन्।

उनले विजयादशमीले समग्र मानव जातिको कल्याण र विश्व शान्तिको मार्ग प्रशस्त गरोस् भन्ने कामनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij