२०८३ साउन १० आइतबार

दसैंमा नेपाल आयल निगमका १३ डिपो तथा कार्यालय खुला रहने

ई आर्थिक    आइतबार, असोज १२ २०८२
1.9K
Shares
दसैंमा नेपाल आयल निगमका १३ डिपो तथा कार्यालय खुला रहने

ई- आर्थिक, काठमाडौं ।   दसैंको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले देशभरका विभिन्न १३ वटा डिपो तथा कार्यालय खुला राख्ने निर्णय गरेको छ।

निगमका अनुसार, स्थानीय आवश्यकता र इन्धन खपतको सम्भावित वृद्धिलाई ध्यानमा राख्दै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका प्रादेशिक कार्यालयहरू खुला रहनेछन्। त्यसैगरी, धनुषा, चारआली, नेपालगञ्ज, वीरगञ्ज, दाङ र दिपायलस्थित इन्धन डिपोहरू पनि सार्वजनिक बिदाका दिन सञ्चालनमा रहने छन्।

दसैंको समयमा लामो दुरीको यात्रा तथा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले इन्धनको माग समेत उच्च हुने अनुमान गरिएको छ। सोहीअनुसार पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न आवश्यक तयारी गरिएको निगमले जनाएको छ।

निगमका एक अधिकारीका अनुसार, “जनताको चाडपर्व सहज बनाउन आवश्यक सेवा प्रवाहमा कुनै बाधा नआओस् भनेर डिपोहरू खुला राख्ने निर्णय गरिएको हो।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij