२०८३ साउन १० आइतबार

काँकरभिट्टा नाकाबाट २ अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

ई आर्थिक    बुधबार, असोज ८ २०८२
3K
Shares
काँकरभिट्टा नाकाबाट २ अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट २ अर्ब ८४ करोड ४८ लाख ८४ हजार रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ १० करोड ६१ लाख २८ हजार रूपैयाँ अर्थात् तीन दशमलव ६० प्रतिशतले घटेको छ।

यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व शून्य दशमलव ५० प्रतिशत अर्थात् ६४ लाख तीन हजार रूपैयाँले बढेको उनले बताए।

कार्यालयको तथ्यांकअनुसार गत साउन भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रूपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा एक अर्ब ४२ करोड ७२ लाख रूपैयाँ मूल्य बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल आयात भएको थियो।

यसैगरी ८४ करोड ४२ लाख रूपैयाँ मूल्य बराबरको नौ हजार चार किलोलिटर डिजेल आयात भएको छ।

यसैगरी ४० करोड ४९ लाख रूपैयाँ मूल्यबराबरको चार हजार २३३ मेट्रिक टन एलपी ग्यास, १३ करोड २८ लाख रूपैयाँ मूल्य बराबरको एक हजार ४८८ किलोलिटर एटिएफ र दुई करोड २२ लाख रूपैयाँ मूल्यबराबरको दुई सय ४८ किलोलिटर मट्टितेल आयात भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij