२०८३ साउन १० आइतबार

उर्जामन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण

ई आर्थिक    सोमबार, असोज ६ २०८२
3.7K
Shares
उर्जामन्त्री  घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण

७२ घण्टे परीक्षण उत्पादनको दोस्रो दिन सम्पन्न

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ।

हाल आयोजनामा व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादन सञ्चालन भइरहेको छ, जसको आज दोस्रो दिन सफलतापूर्वक सम्पन्न भएको छ।

मन्त्री घिसिङ चिलिमे जलविद्युत कम्पनीको प्रवन्धक सञ्चालक रहँदा उक्त आयोजनाको विस्तृत अध्ययन, विद्युत् खरिद-बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता उहाँकै नेतृत्वमा सम्पन्न गरी निर्माण चरणमा प्रवेश गरिएको हो।

परीक्षणका क्रममा आयोजनाबाट पूर्ण १०२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको कम्पनीले जनाएको छ।

तर, आयोजनाको निर्माण कार्य विभिन्न बाधाहरूका कारण ढिलाइ भएको थियो। जुरेमा गएको पहिरो, २०७२ को विनाशकारी भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी तथा स्थानीय अवरोधलगायतका कारण आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेको थिएन।

मध्य भोटेकोशी जलविद्युत् आयोजना नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको महत्वपूर्ण जलविद्युत् स्रोतको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij