२०८३ साउन १० आइतबार

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि सरकारले करिब १० अर्ब निकासा

ई आर्थिक    शनिबार, असोज ४ २०८२
4.1K
Shares
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि सरकारले करिब १० अर्ब निकासा

ई–आर्थिक, काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान प्रयोजनका लागि करिब ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ। यो रकम चालु आर्थिक वर्ष २०८२/८३ का लागि ब्याज अनुदानसम्बन्धी कार्यान्वयनमा उपयोग हुने अर्थमन्त्रालयले जनाएको छ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ अनुसार सो रकम आज निकासा गरिएको हो।

अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन गरिएको बजेटलाई कार्यक्रम संशोधनमार्फत पहिलो त्रैमासिकमै कार्यान्वयनमा ल्याइएको हो।

यसअन्तर्गत, विगत सात वटा त्रैमासिक अवधिमा विभिन्न सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत वितरित कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ।

सहुलियतपूर्ण कर्जामार्फत उद्यमशीलता प्रवर्द्धन, युवालाई स्वरोजगार तथा उत्पादनमूलक क्षेत्रको प्रवाह विस्तार गर्ने सरकारको लक्ष्यलाई यस निर्णयले थप गति दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij