२०८३ साउन १० आइतबार

कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी फर्किए

ई आर्थिक    बुधबार, असोज १ २०८२
3.6K
Shares
कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी फर्किए

अत्तरिया।  कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन्। गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन्।

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए। उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए।

फर्किएकामध्ये अधिकांश आफै सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए। उनले भने, ‘कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ। हामीले पनि सूचना जारी गरेका छौँ। प्रहरीले पनि खोजी कार्य जारी राखेको छ। छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ।’

कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए। ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ। अझै ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij