२०८३ साउन १० आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, यात्रुहरूलाई पूर्व जानकारी लिएर मात्रै जान आग्रह

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
3.8K
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, यात्रुहरूलाई पूर्व जानकारी लिएर मात्रै जान आग्रह

ई-आर्थिक, काठमाडौं ।  मंगलबारदेखि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो ३:३० बजेबाट पुनः सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल पुनः सुचारु भएको जानकारी दिएको हो।

विमानस्थल सुरक्षा समितिको बैठकपछि सञ्चालनमा ल्याउने निर्णय भएको प्राधिकरणले जनाएको छ। विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफूले टिकट खरिद गरेका एजेन्सी वा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर मात्र विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ।

विमानस्थल बन्द भएपछि प्रभावित भएका उडानहरूबारे जानकारी लिन यात्रुहरूले सम्बन्धित वायुसेवाको आधिकारिक सूचना हेर्न वा सोधपुछ गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij