काठमाडौं । सर्वोच्च अदालतमा आगलागीका कारण अदालतका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
अदालत प्रशासनका अनुसार आगलागीले मुद्दाका मिसिल, सर्भर प्रणाली, र इजलास पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यसले न्यायिक प्रक्रिया पूर्ण रूपमा प्रभावित बनाएको छ।
आजका लागि तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको छ भने भोलिदेखि हुने सबै पेसीहरू अर्को सूचना नभएसम्मका लागि रोकिने जनाइएको छ।
अदालतले सेवाग्राहीलाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै स्थिति सामान्य पार्न आवश्यक सबै उपायहरू तत्काल अघि बढाइने जानकारी दिएको छ।
आगालागीको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ भने अनुसन्धान समेत प्रारम्भ गरिएको सर्वोच्च अदालतले जनाएको छ।