२०८३ साउन १२ मंगलबार

इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन रोक्न सांसद नेम्वाङको माग

ई आर्थिक    बुधबार, भाद्र १८ २०८२
1.8K
Shares
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन रोक्न सांसद नेम्वाङको माग

ई-आर्थिक, काठमाडौं ।  नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रतिनिधिसभाको बुधबारको बैठकमा इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया तत्काल स्थगन गर्न सरकारसँग माग गरेका छन्।

उनले भने, “सरकारले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन तत्काल रोकी, आवश्यक **पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाओस्।”

सांसद नेम्वाङले जनताको दैनिक जीवनमा पहिले नै रहेको कर, बीमा, लाइसेन्स र प्रशासनिक प्रक्रियाको झन्झटबीच इम्बोस्ड प्लेटले थप सास्ती थप्ने बताएका छन्।

उनका अनुसार यो प्रणालीको उद्देश्य, प्रभावकारिता र आवश्यकता बारे जनतामा स्पष्ट जानकारी नहुँदा असन्तोष बढेको छ। उनले यो कार्यान्वयन गर्दा जनताको सहभागिता र समझदारी सुनिश्चित गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij