२०८३ साउन १० आइतबार

दसैंलाई आम्दानीको मौसम बनाउँदै वायुसेवा कम्पनीहरू, सीमित उडान र असुलीको अवसर

ई आर्थिक    शुक्रबार, भाद्र १३ २०८२
1.9K
Shares
दसैंलाई आम्दानीको मौसम बनाउँदै वायुसेवा कम्पनीहरू, सीमित उडान र असुलीको अवसर

ई-आर्थिक, काठमाडौं ।  नेपालीको सबैभन्दा ठूलो चाड दसैं नजिकिँदै गर्दा आन्तरिक हवाई सेवा क्षेत्रमा टिकटको माग तीव्र बनेको छ। विशेषगरी दुर्गम क्षेत्रका गन्तव्यमा टिकट पाउन मुस्किल भइसकेको छ भने सुगम गन्तव्यतर्फको भाडा झन्डै दोब्बर भएको वायुसेवा कम्पनीहरूले जनाएका छन्।

अहिले काठमाडौँबाट बाहिर जाने ५०  प्रतिशतमाथि  हवाई टिकट अग्रिम बुक भइसकेका छन्। विशेषगरी तुम्लिङटार, लुक्ला, सिमकोट, डोल्पा जस्ता दुर्गम गन्तव्यतर्फको टिकट सकिएको वायुसेवा कम्पनीहरु बताउछन् ।

सुगमतर्फका  भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढीका लागि पनि टिकटको मूल्य चर्किएको छ।

वायुसेवा कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले तोकेको सीमा (न्यूनतम र अधिकतम भाडा) भित्र विभिन्न मूल्यका टिकट राख्न पाउने व्यवस्था भए पनि चाडबाडमा उच्च मागका कारण सस्तो दरका टिकटहरू चाँडै सकिने र बाँकी टिकट महँगो हुने प्रचलन रहँदै आएको छ। यसबाट आमनागरिकहरुले सास्ती झेल्न बाध्य भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई भाडा निर्धारणमा इन्धन, मर्मत, प्रशासनिक खर्च लगायतका आधार लागु हुने भएकाले भाडामा उतारचढाव स्वाभाविक हो। तर, तोकिएको भाडा सीमा नाघेमा कानुनी कारबाही हुने उनले स्पष्ट पारे।

वर्षेनि चाडपर्वमा आन्तरिक हवाई यातायातमा चाप बढ्ने भए पनि वायुसेवा कम्पनीहरूले सीमित उडान मात्रै सञ्चालन गर्न सक्ने भएकाले यात्रुहरूले समयमै टिकट बुकिङ गर्न सुझाव दिइएको छ।

चाडपर्वमा यात्रु चाप वृद्धि, रित्तो जहाज फिर्ता जानुपर्ने बाध्यता र सस्तो टिकट चाँडै सकिने अवस्थाले गर्दा यात्रुले महँगो भाडा तिर्नुपर्ने स्थिति आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij