ई-आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१८ बस्ने ४५ वर्षीय राजु नापितसहित अन्य ८ जना रहेका छन्। मंगलबार साँझ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख २१ हजार १ सय ४५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।