२०८३ साउन ९ शनिबार

सशस्त्र प्रहरीद्वारा धनगढीबाट ५९ लाख बराबरको अवैध मोबाइल पार्ट्स बरामद

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
2.1K
Shares
सशस्त्र प्रहरीद्वारा धनगढीबाट ५९ लाख बराबरको अवैध मोबाइल पार्ट्स बरामद

ई-आर्थिक, धनगढी ।  कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फुलवारी गाउँस्थित एक घरबाट करिब ५९ लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारी मोबाइल पार्ट्स बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीले विशेष सूचनाको आधारमा भाद्र ८ गते उक्त अवैध सामग्री बरामद गरेको हो। बरामद सामानहरू मोबाइल फोनका विभिन्न पार्ट्स रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सामग्रीहरू बरामद गरेपछि सशस्त्र प्रहरीले त्यसलाई सट्टी भन्सार कार्यालय, टिकापुरमा बुझाएको हो। प्रारम्भिक अनुमान अनुसार, ती सामानहरू विदेशबाट अवैध रूपमा भित्र्याइएका हुन्, जसको नेपाली बजार मूल्य झन्डै ५९ लाख १३ हजार रुपैयाँ पर्ने बताइएको छ।

चोरीपैठारी रोकथाम तथा राजस्व सुरक्षाका लागि सशस्त्र प्रहरी बलको निगरानी बढेसँगै पछिल्लो समय सिमा क्षेत्रमा अवैध कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिने कार्य तीव्र भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij