२०८३ साउन ९ शनिबार

मोही नामसारीका लागि घुस लिएको अभियोगमा मालपोत प्रमुख फन्दामा, विशेष अदालतमा आरोपपत्र दायर

ई आर्थिक    बुधबार, साउन २८ २०८२
4.2K
Shares
मोही नामसारीका लागि घुस लिएको अभियोगमा मालपोत प्रमुख फन्दामा,  विशेष अदालतमा आरोपपत्र दायर

ई-आर्थिक, भक्तपुर ।  भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

चाँगुनारायण नगरपालिका क्षेत्रमा पर्ने १४ रोपनी ४ आना जग्गाको मोही र लगत कट्टा गरी जग्गा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको उजुरीपछि आयोगको टोलीले छापा मारेको थियो। सो क्रममा प्रमुख आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोबाइलसहित घुस रकम बरामद गरिएको आयोगले जनाएको छ।

अनुसन्धानबाट प्रमुख अधिकृत आचार्य र राउतले मिलेमतोमा पूर्वयोजनाअनुसार सेवाग्राहीसँग मोही नामसारीको प्रक्रिया सहज बनाइदिने भन्दै २४ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको ठहर छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरूलाई कैद र जरिवानासहितको सजाय माग गर्दै मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध बिगो बराबरको जरिवाना र सो ऐनको दफा ३(१) बमोजिमको कारबाही मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij