२०८३ साउन ९ शनिबार

भारी वर्षाले कालीगण्डकी करिडोर पुनः अवरुद्ध, यात्रु अलपत्र

ई आर्थिक    बुधबार, साउन २८ २०८२
4.4K
Shares
भारी वर्षाले कालीगण्डकी करिडोर पुनः अवरुद्ध, यात्रु अलपत्र

ई-आर्थिक, बागलुङ ।  राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ स्थित कालाखोलामा आज बिहान ९ बजे भारी वर्षासँगै ठूलो पहिरो खस्दा करिडोर पुनः पूर्ण रूपमा ठप्प भएको हो।

यसअघि पाँच दिनदेखि अवरुद्ध सडक मंगलबार मात्रै सञ्चालनमा आएको थियो। तर, रातभरको अविरल वर्षापछि आज बिहान पुनः चट्टानसहितको भीषण पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

सडक बन्द भएपछि बागलुङबाट भैरहवा, पाल्पा, बुटवलतर्फ जाने सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन्। करिडोर अवरुद्ध हुँदा बागलुङको दक्षिणी क्षेत्रसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

प्रहरी निरीक्षक थापाका अनुसार, “कालाखोला क्षेत्रमा ठूला चट्टानसहितको पहिरो खसेको छ, जसले गर्दा तत्काल सडक खुलाउन गाह्रो भइरहेको छ।” अहिले पनि लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने प्रयासमा कठिनाइ भएको उनले बताए।

सडक खुलाउने प्रयास कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर अघि बढाइने प्रहरीको भनाइ छ। प्रशासनले यात्रु तथा स्थानीयलाई अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij