२०८३ साउन ९ शनिबार

उच्च अदालतका २७ नयाँ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

ई आर्थिक    बुधबार, साउन २८ २०८२
1.4K
Shares
उच्च अदालतका २७ नयाँ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

ई-आर्थिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालतका लागि हालै नियुक्त २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सर्वोच्च अदालतमा आज आयोजित विशेष कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

न्याय परिषद्को साउन २२ गते बसेको बैठकले २७ जना नयाँ न्यायाधीश नियुक्त गरी विभिन्न उच्च अदालत र तिनका इजलासहरूमा पदस्थापन गरेको थियो।

न्यायाधीशहरूलाई देशभरका विभिन्न उच्च अदालत तथा अस्थायी इजलासहरूमा खटाइएको छ। नियुक्त हुनेहरूमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगर, धादिङका न्यायाधीश गोपालप्रसाद बास्तोला, ओखलढुङ्गाका गिरिराज गौतम, गुल्मीका युवराज गौतम, दाङका तेजनारायण पौडेल, पर्वतका प्रकाश ढुङ्गाना, उदयपुरका दीपककुमार खरेल, गोरखाका शिवबहादुर रानाभाट, काठमाडौंका कमलप्रसाद पोखरेल, भक्तपुरका वासुदेव न्यौपाने, पाल्पाका दलबहादुर केसी, कपिलवस्तुका प्रकाशचन्द्र अधिकारी, चितवनका रमेशप्रसाद ज्ञवाली, मोरङका उदयप्रसाद भट्टराई, मकवानपुरका अवनी मैनाली भट्टराई, पोखराका रजिष्ट्रार खड्गराज अधिकारी, पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्री, सर्वोच्च अदालतका रजिष्ट्रार अच्युत कुइँकेल र सहसचिव कोमलबहादुर खत्रीजस्ता अधिकारीहरू रहेका छन्।

त्यस्तै, कानुन व्यवसायीको तर्फबाट शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियारलाई उच्च अदालतमा नियुक्त गरिएको छ।

शपथ समारोहमा प्रधानन्यायाधीश राउतले न्यायाधीशहरूको भूमिकालाई निष्पक्ष, उत्तरदायी र पारदर्शी बनाउँदै न्याय सेवामा विश्वास बढाउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij