२०८३ साउन १० आइतबार

चिलिमे हाइड्रोपावरको विद्युत बिक्री र नाफामा सामान्य वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो

ई आर्थिक    मंगलबार, साउन २७ २०८२
3K
Shares
चिलिमे हाइड्रोपावरको विद्युत बिक्री र नाफामा सामान्य वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो

ई-आर्थिक, काठमाडौं ।  चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य रुपमा बढेको छ।

असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ११ करोड रुपैयाँको तुलनामा ०.८१ प्रतिशतले वृद्धि हो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि ०.१६ प्रतिशतले बढेर ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कुल नाफा १.४४ प्रतिशत र सञ्चालन मुनाफा ३.६१ प्रतिशतले बढेको छ। यद्यपि, वित्तीय आम्दानी भने १६.७० प्रतिशतले घटेको छ।

नाफामा सामान्य वृद्धि भए पनि प्रतिशेयर आम्दानी (EPS) मा भने गिरावट आएको छ। कम्पनीको EPS ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसा कायम भएको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात (P/E Ratio) ६०.७ गुणा रहेको देखिन्छ।

हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग (जम्मा मुनाफा जसमध्ये वितरण नगरिएको भाग) २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij