२०८३ साउन १० आइतबार

कर्मचारी सरुवा मापदण्ड अन्तिम चरणमा, अब भनसुनका आधारमा सरुवा नहुने : मन्त्री न्यौपाने

ई आर्थिक    बिहिबार, साउन २२ २०८२
4.9K
Shares
कर्मचारी सरुवा मापदण्ड अन्तिम चरणमा, अब भनसुनका आधारमा सरुवा नहुने : मन्त्री न्यौपाने

ई–आर्थिक, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक क्षेत्रमा देखिएको अस्थिरता अन्त्य गर्न कर्मचारी सरुवा प्रणालीलाई स्पष्ट मापदण्डमा आधारित बनाइने बताएका छन्।

बुधबार प्रेस चौतारी नेपालद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले दैनिक रूपमा भइरहने कर्मचारी सरुवाले प्रशासनिक सङ्घीयता कमजोर पारेको उल्लेख गर्दै अबदेखि विधि र प्रक्रियाबाट मात्रै सरुवा हुने स्पष्ट पार्नुभयो।

“अब मन्त्री, सचिव वा सहसचिवलाई भनसुन गरेर कर्मचारी सरुवा हुने चलन अन्त्य हुन्छ,” मन्त्री न्यौपानेले भन्नुभयो, “सरुवा प्रक्रिया विधिसम्मत र मापदण्डअनुसार हुने गरी मापदण्ड निर्माण अन्तिम चरणमा पुर्‍याइएको छ।”

उहाँले आफ्नो कार्यकालको मुख्य प्राथमिकता सुशासन स्थापना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने रहेको बताउँदै तीनै तह — सङ्घ, प्रदेश र स्थानीय सरकार — बीच समन्वय गरी सङ्घीयतालाई सबल बनाउनेतर्फ कार्यदल निर्माण भइसकेको जानकारी दिनुभयो।

“म सामान्य जीवन बिताउने व्यक्ति हुँ। मलाई पद वा सम्पत्तिको कुनै लोभ छैन। मेरो लक्ष्य भनेको सेवा प्रवाहमा सुधार ल्याउनु हो,” मन्त्री न्यौपानेले स्पष्ट गर्नुभयो।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, महासचिव हीरामान लामा लगायतका सञ्चारकर्मीहरूले मन्त्री न्यौपानेलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij