ई-आर्थिक, काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै सीमित अवधिको लागि “मल्टी–बाइ अफर” घोषणा गरेको छ। अफरअन्तर्गत, नयाँ Galaxy A, M र फ्ल्यागशिप सिरिजका स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले Galaxy Watch8 Series र Buds3 lineup मा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
सामसङका अनुसार, यो अफरले उपभोक्तालाई आफ्नो Galaxy Ecosystem निर्माण गर्न सहज र किफायती अवसर उपलब्ध गराउने उद्देश्य लिएको हो।
ग्राहकहरूले ग्यालेक्सी स्मार्टफोनसँगै वाच वा बड्स खरिद गर्दा अधिकतम ३२५ रुपैयाँसम्मको छुट पाउनेछन्। कम्पनीले वाच र बड्सलाई स्मार्टफोनसँग संयोजन गर्दा स्वास्थ्य निगरानी, फिटनेस ट्र्याकिङ, सहज कनेक्टिभिटी र उच्च गुणवत्ताको अडियो अनुभव जस्ता फिचर थप प्रभावकारी हुने दाबी गरेको छ।
सामसङ नेपालका अनुसार, Watch8 Classic र Buds3 Pro मा समावेश AI फिचरहरू प्रयोगकर्ताको दैनिक जीवनलाई अझ स्मार्ट र दक्ष बनाउन डिजाइन गरिएका छन्।
कम्पनीले ग्राहकलाई डिजिटल जीवनशैलीमा फिटनेस, कार्यक्षमता, संगीत र सञ्चारका लागि यी उपकरणहरू विश्वसनीय र प्रभावकारी साथी हुने जनाएको छ।