२०८३ साउन १० आइतबार

पोखरा महानगरद्वारा ‘नगर ऊर्जा योजना’ सार्वजनिक, पाँच वर्षमा १ अर्ब ३३ करोड लगानी गर्ने

ई आर्थिक    मंगलबार, साउन २० २०८२
2.8K
Shares
पोखरा महानगरद्वारा ‘नगर ऊर्जा योजना’ सार्वजनिक, पाँच वर्षमा १ अर्ब ३३ करोड लगानी गर्ने

ई-आर्थिक, पोखरा ।  दिगो सहरी विकास र स्वच्छ ऊर्जा प्रवर्द्धनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले पहिलो नगर ऊर्जा योजना सार्वजनिक गरेको छ। पाँच वर्षे अवधिको सो योजना महानगर प्रमुख धनराज आचार्यले मंगलबार एक कार्यक्रममार्फत सार्वजनिक गरेका हुन्।

नगर ऊर्जा विकास उपसमितिबाट तयार गरिएको योजना जर्मन विकास संस्था जीआईजेड नेपालको ‘रिप ग्रिन’ कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणको प्रक्रियाबाट निर्माण गरिएको हो। योजना तयार गर्ने क्रममा विभिन्न सरोकारवाला निकायहरूसँग छलफल तथा परामर्श गरिएको थियो। महानगरपालिकाले यस योजनालाई फागुन महिनामा औपचारिक रूपमा स्वीकृत गरिसकेको छ।

उद्देश्य र रणनीति
एक अर्ब ३३ करोड ३० लाख ८२ हजार रुपैयाँको अनुमानित लागतमा तयार गरिएको योजनाले “समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा” भन्ने दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरेको छ।

योजनाले प्राथमिकताका रूपमा निम्न क्षेत्रहरू समेटेको छःघरायसी क्षेत्रमा स्वच्छ, नवीकरणीय र प्रभावकारी ऊर्जा प्रयोगमा वृद्धि,परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित ऊर्जा प्रवर्द्धन, व्यापारिक र औद्योगिक क्षेत्रमा ऊर्जा दक्षता अभिवृद्धि,  हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण र  नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धि रहेका छन् ।

महानगरको प्रतिबद्धता

कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले नगर ऊर्जा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सभी सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।

सोही अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले नगर ऊर्जा योजनाको सफल कार्यान्वयनले राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्य हासिल गर्न ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

पाँच वर्षे यो योजनाले पोखराको ऊर्जा पहुँच, दक्षता र नवीकरणीय ऊर्जाको उपयोग विस्तार गर्दै दिगो र हरित सहर निर्माणतर्फको यात्रा बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij