काठमाडौं : कुख्यात गुन्डा नाइके चक्रे गुरुङ उर्फ चक्रे मिलन बर्थडे पार्टीकै समयमा प्रहरीले पक्राउ गरेका छन्।
काठमाडौंको ठमेलमा बिहीबार राति गरिएको विशेष अपरेसनका क्रममा चक्रे मिलनसहित ४७ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
सूचनाका आधारमा गरिएको अपरेसनमा चक्रे मिलन आफ्नै जन्मदिनको उत्सवमा रमाइरहेका बेला पक्राउ परेका हुन्। प्रहरीले उक्त पार्टीमा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको भेला भएको जानकारी पाएपछि कारबाही अघि बढाएको हो।
प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।