२०८३ साउन १० आइतबार

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका नयाँ नोट छपाइको तयारीमा, ४२ करोड थानका लागि बोलपत्र आह्वान

ई आर्थिक    शुक्रबार, साउन ९ २०८२
1.4K
Shares
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका नयाँ नोट छपाइको तयारीमा, ४२ करोड थानका लागि बोलपत्र आह्वान

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाउने तयारी थालेको छ। यसका लागि बैंकले ४२ करोड थान नोट छपाइका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको हो ।

राष्ट्र बैंकको भनाइ अनुसार इच्छुक विदेशी वा स्वदेशी कम्पनीहरूले आगामी भदौ २१ गते (सेप्टेम्बर ७) भित्र आफ्ना प्रस्ताव पेस गर्नुपर्नेछ। प्रस्तावहरूले राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा बुझाउनु पर्ने राष्ट्र बैंको टेन्डरमा उल्लेख गरिएको छ ।

बोलपत्र पेश गर्दा कम्पनीहरूले धरौटी रकमस्वरूप २० हजार रुपैयाँ, वा सो सरह १४६ अमेरिकी डलर, १२६ युरो, वा १०९ पाउन्ड बुझाउनु पर्नेछ।

छनोटमा परेका कम्पनीहरूले नोटको सम्पूर्ण प्रक्रिया—डिजाइन, छपाइ र आपूर्तिसमेत—निष्पादन गर्नुपर्नेछ। बैंकका अनुसार नोट छपाइ प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिनेछ।

नेपाल राष्ट्र बैंकले समय समयमा पुराना नोट प्रतिस्थापन गर्न तथा मुद्रा प्रणालीलाई सुदृढ बनाउन नयाँ नोट छपाउने अभ्यास गर्दै आएको छ।

यस्तो छ टेन्डर

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij