२०८३ साउन ९ शनिबार

दार्चुलाबाट आर्थिक वर्ष २०८१/८२ मा २,३१६ क्विन्टल हिमाली जडीबुटी निकासी

ई आर्थिक    शुक्रबार, साउन ९ २०८२
2.6K
Shares
दार्चुलाबाट आर्थिक वर्ष २०८१/८२ मा २,३१६ क्विन्टल हिमाली जडीबुटी निकासी

ई–आर्थिक, दार्चुला : जडीबुटीको लागि प्रसिद्ध दार्चुलाबाट गत आर्थिक वर्ष २०८१र८२ मा कुल २,३१६ क्विन्टल हिमाली जडीबुटी प्रदेश र देशबाहिरसम्म निर्यात भएको छ। कैलाली, नेपालगन्ज, काठमाडौँ र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने यी प्राकृतिक वनस्पतियाँ भारी मात्रामा व्यापारिक प्रयोजनका लागि पठाइएको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनयकुमार झालेका अनुसार दार्चुलाको उच्च हिमाली क्षेत्रमा फैलिएका १५ भन्दा बढी किसिमका जडीबुटी जिल्लाबाहिर तथा कतिपय देशहरूमा निकासी हुन्छ ।

यार्चागुम्बा, वनलसुन, टिमुर, तेजपात, रिट्ठा, अल्लो, रातो च्याउ, पाषाणभेद तथा कचुरजस्ता बहुमूल्य जडीबुटी निर्यात गरिएको जानकारी सचिवालयले दिएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्रमा पहिचान गरिएका ७० किसिमका जडीबुटीमध्ये हालसम्म केवल ३५ किसिम निकासीमा सक्रिय छन् ।

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मङ्गलसिंह ठगुन्नाले जडीबुटी संरक्षण नीति कमजोर भएको र पहाडका जडीबुटी लोपको अवस्थामा पुगेको बताएका छन् ।

संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत निकासीबाट करिब रू १ करोड ८९ लाख १० हजार ९०९ राजस्व सङ्कलन गरिएको छ ।

हिमाली जडीबुटी निर्यातले स्थानीय जनजीवनमा आर्थिक ऊँचो संभाव्यता लिएर आएको छ। यद्यपि, संरक्षण, नियमन र दिगोपनाका दृष्टिले प्रभावकारी नीतिको उत्तिकै आवश्यकता देखिन्छ ।

तालिका र तथ्याङ्कमा स्थानीय र राष्ट्रीय सरोकारवालाहरूले सन्तुलन स्थापित गर्न आवश्यक रहेको अवस्था स्पष्ट भएको छ ।

जडीबुटी प्रकार निकासी परिमाण
यार्चागुम्बा १८८.३३७ क्विन्टल
वनलसुन ३.०३० क्विन्टल
टिमुर ९८ किलो
पाषाणभेद ३२ क्विन्टल
दालचिनी ९ क्विन्टल
अमला १२ क्विन्टल
तेजपात १,५४० क्विन्टल
रिट्ठा ५८० क्विन्टल
सेतक चिनी ३८ क्विन्टल
अल्लो ४५ क्विन्टल
रातो च्याउ ३२ क्विन्टल
कचुर २४ क्विन्टल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij