२०८३ साउन १२ मंगलबार

स्याफ्रुबेँसी-रसुवागढी सडक सञ्चालनमा आयो, सडकको अवस्था बुझेर मात्र सवारीसाधन सञ्चालन गर्न अनुरोध

ई आर्थिक    आइतबार, साउन ४ २०८२
3.9K
Shares
स्याफ्रुबेँसी-रसुवागढी सडक सञ्चालनमा आयो, सडकको अवस्था बुझेर मात्र सवारीसाधन सञ्चालन गर्न अनुरोध

ई-आर्थिक,  रसुवा। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी-रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए।

सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत आयोजनाको डोजर तथा स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका सवारीसाधन सञ्चालन भइरहेका उनले बताए।

बाढीका कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म दर्जनौँ स्थानमा सडक क्षति भएको र लिङ्लिङ् भन्ने स्थानमा भौगर्भिक अवस्था कमजोर र असहज स्थान भएकाले नयाँ ‘ट्रयाक’ खोल्न हप्तादिन लागेको हो।

काठमाडौंबाट छुटेका हलुका सवारीसाधन अब सिधै रसुवागढीसम्म पुग्ने गल्छी त्रिशूली रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ। नयाँ खनिएको माटो जम्दै गएपछि क्रमिक रूपमा मालबाहक ठूला सवारीसाधन सञ्चालन अनुमति दिइने आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठ बताउँछन्।

लिङ्लिङ् र टिमुरे र तातोपानीबीच यी दुई स्थानमा भोटेकोशी सडकमार्गको फेदमा रेपिएर बाढी आएको हुँदा भासिन सक्ने सम्भावनालाई मध्यनजर राखी सुरक्षाकर्मीसँग सडकको अवस्था बुझेर मात्र सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij