तस्विर : महेश यादवको फेसवुकको वालबाट साभार ।
ई–आर्थिक, काठमाडौं । जलस्रोत तथा सिंचाइ बिकास डिभिजन ओखलढुंगाका तत्कालिन प्रमुख महेश यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्छ की गर्दैन भन्ने आशामा बसेका स्थानीयहरु केही निराश देखिन थालेका छन् ।
दस हजार नगद घुससहित सामान्य कर्मचारीलाई पक्राउ गरेको पत्रकार सम्मेलन गर्ने अख्तियरलाई एक स्थानीयले यति ठूलो सरकारी ढुकुटीको रकम दुरुपयोग गरेको विषयमा किन कारवाही नगरेको ? भनी प्रश्न गरेका छन् ।
‘समय वित्तै जाँदा उनलाई कारवाहीबाट बचाउन खोजिदै गएको हो कि भन्ने आशंका हामी स्थानीहरुबीच कुराकानी चलिरहेको छ ।’ प्रमुख यादब संलग्न भएको स्थानीय सिंचाईका एक उपभोक्ताले भने– ‘अख्तियारले हामीलाई निराश बनाउने काम नगरोस् ।’
अख्तियारबाट फायल अगाडि बढ्दै छ । तर उनी संलग्न काण्ड सेलाउदै पनि गएको छ । उनको ‘काण्ड’ ओझेलमा परेसँगै स्थानीयहरु भने कारबाहीको विषयलाई लिएर आक्रोशित हुन थालेका छन् ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन ओखलढुंगाका तत्कालिन प्रमुख हुँदा राज्यलाई घाटा र स्थानीयलाई अन्याय हुने गरी नयाँ प्रविधि सिंचाई आयोजनामा यादवकै मिलेमतोमा अनियमितता भएको थियो ।
हाल उनी जलस्रोत तथा सिंचाइ बिकास डिभिजन खोटाङका प्रमुख छन् ।
अर्का स्थानीय सिंचाई उपभोक्ताले अख्तियारले उनलाई कारवाही गर्नबाट बचाउँदै छ की उनी आफैं कारवाहीबाट बच्दैछन् ? भनी प्रश्न गरे । १० हजार घुस खानेलाई कारवाही गर्ने अख्तियारले राज्यको ढुकुटीको लाखौं हिनामिना गर्नेलाई किन कारवाही गरिरहेको छैन उनले तुलना समेत गरे ।
आर्थिक बर्ष २०७६/०७७ मा ओखलढुंगा मा कार्यरत हुँदा ओखलढुंगाको चम्पादेबी गाउँ पालिका वडा नम्बर ४ मा निर्माणाधीन लालिखोला नयाँ प्रबिधि सिंचाइ योजना कामै नगरी करिब १० लाख रुपैयाँ भक्तानी गरी अनियमितता गरेको भनी पटक–पटक समाचारहरु प्रकाशित हुँदै आएको छ । पहिलो पटक ई–आर्थिक डटकम अनलाइनले यो घटनाको समाचार सम्प्रेषण गरेको थियो । पछि विस्तारै अन्य सञ्चार माध्यममा समेत लगातार समाचार आएपछि यो घटना राष्ट्रियकरण भइसकेको छ ।
करिब १४ किलोमीटर पाइप बिच्छ्याउन पर्नेमा ४ किलोमीटर मात्र पाईप खरिद गरि ८ किलोमीटर पाइपको रकम यादव आफैले ‘झ्वाम’ पारेको कुरा स्थानीयहरु नै खुलेर बताउने गरेका छन् । त्यो ४ किलोमिटर पाइप मध्ये पनि स्थानीयको आक्रोशि पछि २ किलोमिटर जति पाईप उखेलेर फालिसकेको कुरा एक स्थानिय बताउँछ्न । तर यत्रो सरकारी रकम हिनामिना गर्ने कर्मचारी माथी कारवाही नहुनु आफैंमा रहस्यमय बन्दै गएको छ ।
उक्त काण्डसँग जोडिएको ‘फायल’ केहि दिन अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले बयान लिई फाईल टङ्गालस्थिति अख्तियारमा पठाईएको कुरा बुझिन आयको छ । तर वयानमा प्रमुख यादवले आफुले गल्ती नगरेको, आफू भन्दा पछिल्लो समयमा कार्यरत कार्यालय प्रमुखहरूले काम नगरिदिएको भन्दै पन्छिन खोज्ने बयान दिएको कुरा अख्तियार स्रोत बताउँछ ।
उपभोक्ता समितिको अध्यक्षलाई समेत आफ्नै गाडी लिन पठाई आर्थिक प्रलोभनमा समेत पारी आफ्नै पक्षमा बयान दिन लगाएको कुरा स्थानीय स्रोतले दाबी गरेको छ ।
यो घटनाको विषयमा विभागीय मन्त्रालय र सम्बन्धित विभागको आधिकारिक धारणा आइसकेको छैन । यसबारेमा ई–आर्थिक डटकमले मन्त्रालय, विभाग र अख्तियारलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।