२०८३ साउन ९ शनिबार

हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल

ई आर्थिक    शुक्रबार, साउन २ २०८२
3.2K
Shares
हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल

ई-आर्थिक, काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल सुरु भएको छ।सिंहदरबारमा आज बसेको बैठकमा विधेयकमा संशोधन हालेका सांसदसँग छलफल गरिएको हो।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सचिव हरि मैनालीसहित मन्त्रालयका विभागीय कर्मचारीको उपस्थितिमा विधेयकलाई समृद्ध बनाउने विषयमा छलफल भएको छ।

त्यस अवसरमा संशोधनकर्ता विमला सुवेदी, भगवती चौधरी, राजेन्द्र पाण्डे, नारायणी शर्मा, चन्दा कार्की, दुर्गा राई, सोविता गौतम र विनिता कठायतले विधेयकमाथि आफ्नो संशोधन प्रस्तावलाई समितिसामु प्रष्ट पारेका थिए।

समितिका सभापति राजकिशोर यादवले संशोधनकर्ता सांसद र विज्ञहरूको धारणा तथा सुझावसमेतका आधारमा विधेयकलाई थप समृद्ध बनाएर चाँडो पारित गराउनेगरी छलफललाई तीब्रता दिइएको बताए। उनले विधेयकलाई समृद्ध बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij