२०८३ साउन १२ मंगलबार

ग्वार्को ओभरपास आजबाट सञ्चालनमा आयो, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

ई आर्थिक    शुक्रबार, असार ६ २०८२
2K
Shares
ग्वार्को ओभरपास आजबाट सञ्चालनमा आयो, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

ई-आर्थिक, काठमाडौं । ललितपुरस्थित ग्वार्को ओभरपास आजबाट सञ्चालनमा आएको छ ।

शुक्रबार दिउँसो रिबन काटेर ओभरपासको उद्घाटन गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले  रिवन काटेका थिए भने  प्रधानमन्त्री केपी शर्मा ओलीले ताम्रपत्र अनावरण तथा  उद्घाटन गरेका हुन् ।

पटक-पटक म्याद थप हुँदै आएको  ओभरपास निर्माण सम्पन्न भएर सञ्चालनमा आजबाट आएको छ । उद्घाटन कार्यक्रम पछि अव सर्वसाधारणहरुले फ्लाइओभरमा सवारीसाधन चलाउन सक्ने छन ।

विसं २०७८ फागुन १२ गते ठेक्का सम्झौता भइ निर्माण सुरु भएको उक्त फ्लाइओभर परियोजना विभिन्न चरणमा म्याद थप गर्दै २०८१ साल पुस ८ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

३० मिटर स्पान र चार लेनको पुलसहितको उक्त ओभरपास आशिष-समानान्तर-रेलिगेर जेभीले निर्माण गरेको हो । ओभरपासको बनाउन १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij