२०८३ साउन ९ शनिबार

लुम्बिनी प्रदेश सरकारले भोली असार १ बजेट प्रस्तुत गर्ने

ई आर्थिक    शनिबार, जेष्ठ ३१ २०८२
3.9K
Shares
लुम्बिनी प्रदेश सरकारले भोली असार १ बजेट प्रस्तुत गर्ने

ई–आर्थिक, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १ गते आइतबार प्रस्तुत गर्ने भएको छ ।

आइतबार प्रदेश सभाको १३औँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजश्व र व्यायको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गर्नुहुने सम्भावीत कार्यसूचीमा समावेश गरिएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पनि सभामा पेश गर्नुहुनेछ ।

सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने उल्लेख गर्नुहुँदै यस बजेटले समग्र लुम्बिनी प्रदेशको समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित यो बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकार लिएको छ ।

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक बर्षमा ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको छ । यो आकारको तुलनामा आगामी वर्षको बजेट घटाएर ल्याउने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij