२०८३ साउन १० आइतबार

पूर्वपश्चिम राजमार्ग अवरुद्ध, साना तथा यात्रुवाहक सवारी होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन

ई आर्थिक    बिहिबार, जेष्ठ २९ २०८२
1.4K
Shares
पूर्वपश्चिम राजमार्ग अवरुद्ध, साना तथा यात्रुवाहक सवारी होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन

ई-आर्थिक, नवलपरासी ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ।

बिहिबार बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनकाे भनाइ छ। डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ।

यसैबीच बुटवल-नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ। असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij