२०८३ साउन ९ शनिबार

सदूरपश्चिममा थप चार जनामा कोरोना, संक्रमितकाे संख्या १३ पुग्याे

ई आर्थिक    शनिबार, जेष्ठ २४ २०८२
2.4K
Shares
सदूरपश्चिममा थप चार जनामा कोरोना, संक्रमितकाे संख्या १३ पुग्याे

ई-आर्थिक, बैतडी ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन्।

त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले बताए।

उनी भन्छन, ‘शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ।’ यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा संक्रमण देखिएको थियो। याेसँगै काेराेना सङ्क्रमितकाे संख्या १३ जना पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij