२०८३ साउन १० आइतबार

यात्रुहरुको माग अनुसार टरिगाउँ विमानस्थलबाट उडान सुरु, हप्तामा पाँच दिन उडान

ई आर्थिक    सोमबार, जेष्ठ १९ २०८२
4.1K
Shares
यात्रुहरुको माग अनुसार टरिगाउँ विमानस्थलबाट उडान सुरु, हप्तामा पाँच दिन उडान

ई-आर्थिक, तुलसीपुर  ।  नेपाल वायु सेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ।

टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए। उनका अनुसार बुधबार र शनिबार बाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो।

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अवस्था थियो। विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन्। अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन्।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ। उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक-पटक उठ्ने गरेको छ। उक्त विमानस्थल २०११ सालमा बनेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij