२०८३ साउन १० आइतबार

नागढुङ्गा–नौबिसे सडक दैनिक बिहान १०ः३० देखि अपराह्न ३ः०० बजेसम्म बन्द

ई आर्थिक    शनिबार, जेष्ठ १० २०८२
4K
Shares
नागढुङ्गा–नौबिसे सडक दैनिक बिहान १०ः३० देखि अपराह्न ३ः०० बजेसम्म बन्द

ई–आर्थिक, काठमाडौं । नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ।

नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० देखि अपराह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए ।

आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नु परेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजना ९पूर्वी खण्ड० ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ।

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­ त्रिशूली­ गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij