२०८३ साउन १० आइतबार

उत्कृष्ट हुने दुई सिंचाई आयोजना : यस्तो छ मेहनत र प्रयासको कहानी

ई आर्थिक    शुक्रबार, जेष्ठ ९ २०८२
14.4K
Shares
उत्कृष्ट हुने दुई सिंचाई आयोजना : यस्तो छ मेहनत र प्रयासको कहानी

‘समृद्ध नेपालको आधार, सम्पूर्ण कृषि योग्य जमिनमा सिँचाइको विस्तार’ भन्ने मुल नाराका जलस्रोत तथा सिंचाई विभागले सिंचाई दिवस तथा ७२औं वार्षिकोत्सव मनाउदै गर्दा सिंचाइ आयोजनाका दुई आयोजनाहरुले उत्कृष्ट काम गरेवापत सम्मानित भएका छन् । 

राष्ट्रिय गौरव आयोजनाबाट बबइ सिंचाई आयोजना, केन्द्रीय आयोजनाबाट प्रगन्ना बड्कापथ आयोजनाले उत्कृष्ट काम गरेको आधारमा सम्मानित भएका हुन् ।

आयोजनाहरुले उत्कृष्ट र सफल बनाउन भूमिमका दुई आयोजनका प्रमुखहरुको भूमिका अतुलनिय रहेको छ । बबइ सिंचाइ आयोजानाको नेतृत्व सुशिल देवकोटाले गरिरहेका छन् । त्यसैगरी प्रगन्ना बड्कापथको नेतृत्व निश्चल छत्कुलीले गरिरहेका छन् । यी आयोजना अन्य भन्दा कसरी सफल र उत्कृष्ट भए र उनीहरुको आगामी कार्ययोजनाबारे दुबै आयोजनाका प्रमुखहरुसँग गरिएको संक्षिप्त कुराकानी :

‘आगामी वर्ष पनि पुनः उत्कृष्ट बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं’

सुशील चन्द्र देवकोटा

आयोजना प्रमुख, बबई सिंचाइ आयोजना

उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा तपाईको नेतृत्वमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना बबई सिंचाइ आयोजना सिंचाई विभागबाट पुरस्कृत भएको छ । कस्तो अनुभव भइरहेको छ ?

बबई सिंचाइ आयोजना जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गत ६ वटा राष्ट्रिय गौरव आयोजनामध्य एक आयोजना हो । सिंचाइ विभागले गतसालबाट आफ्ना आयोजनहरुमध्ये उत्कृष्ट आयोजना छनोट  सुरु गरेकोमा चालुआवमा राष्ट्रिय गौरवका आयोजनाहरुमध्य बबई उत्कृष्ट आयोजना बन्न सफल भएको छ । यसमा म लगायत आयोजना परिवार हर्षित छौ । आयोजनाले सम्पादन गरेका कार्यहरुको उच्च मूल्यांकन भएको छ । हामीले सम्पादन गरेको कार्यहरु सहि दिशामा सम्पादित भएका रहेछन् भन्ने अनुभव रहेको छ । आयोजनाका सबै परिवार खुसी छौ । यसबाट सकारात्मक उर्जा मिलेको छ । आगामी वर्षपनि पून उत्कृष्ट बन्ने लक्ष्यकासाथ अगाडि बढ्ने कार्य अगाडी बढाइरहेका छौ । सबै जनशक्तिहरु सकारात्मक उर्जाबाट प्रेरित हुदै कार्य द्रुतरुपमा अगाडी बढाइरहेका छौ ।

विभाग मातहत सञ्चालित दर्जनौं आयोजना मध्येमा तपाईले व्यवस्थापकीय नेतृत्व गर्नुभएको आयोजनाको काम राम्रो देखियो नि ?  तपाईको काम गर्ने तौर तरिका अन्यको भन्दा फरक भएर हो त ?

काम गर्ने तरिका व्यक्ति विशेष रुपमा फरक हुन्छ । आयोजना प्रमुखको एक्लो प्रयासबाट सम्भब हुदैन् परिवर्तन ल्याउने गरि काम गर्न सामूहिक कार्य अर्थात ‘ग्रुप ओर्क’ चाहिन्छ । हामीले आयोजना मतभेद विवादरहित रहेर एकअर्का संग समन्वय गरेर काम गरेका छौ । एकले अर्कालाई सपोर्ट गरेका छौ । त्यसमा केही समस्या आएमा मिलेर समाधान खोज्दै अगाडी बढेका छौ। यसरी अगाडी बढ्दा पक्के पनि राम्रो नतिजा दिन सफल भएका हौ । आयोजना परिवारको सबैको योगदानबाट सम्भव भएको  हो । हाम्रो आयोजनामा उपभोक्ता समिति, पूर्वी सिस्टम पश्चिम सिस्टम, पूर्व र पश्चिम मुल नहर शाखा उपशाखा नहरहरु छन् । त्यहा भएका सबै सरोकारवाहरुसंग समन्वय गरेर लगेका छौ । यसमा सबैको भूमिकाबाट सम्भव भएको हो । यो सामूहिक कामको नतिजा हो । हामीले बर्दिया जिल्लाको ८ वटा पालिका मध्य ६ वटा पालिकामा सिंचाइ सुविधा उपलव्ध गराएका छौ । ६ वटै पालिकाका उपभोक्ताहरु, आयोजनाका परिवारको मेहनत र सबैको सहकार्यकारण आयोजना उत्कृष्ट भएको हो ।

– ‘आयोजनाले सम्पादन गरेका कार्यहरुको उच्च मूल्यांकन रहेछ, हामीले सम्पादन गरेको कार्यहरु सहिदिशामा सम्पादित भएका रहेछन् भन्ने अनुभव भयो’ – ‘हामीले आयोजना मतभेद विवादरहित रहेर एकअर्कासंग समन्वय गरेर काम गरेका छौ’

तपाईले व्यवस्थापकीय नेतृत्व गरेको आयोजनाको काम कति प्रतिशत सम्पन्न भयो ? कति बाँकी छ ? यो आयोजनामा कति जनशक्तिले काम गरिरहेका छन् ?

आयोजनाको भैतिक प्रगति हेर्दा ७५ प्रतिशत सम्पन्न भैसक्यो । अवको हाम्रो लक्ष्य भनेको ३६ हजार हेक्टरमा सिंचाइ सुविधा पुर्‍याउनु हो । बर्दिया जिल्लाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य हो । अहिले करिव २६ हजार ५ सय हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याएका छौ । पश्चिममा करिब ६ हजार हेक्टर सिंचाइ सुविधा पुर्‍याउन सकिएको छैन् । यस क्षेत्रमा नहरहरु बन्ने क्रममा छन् । पूर्वतर्फ करिव साडे ३ हजार हेक्टर सिंचाइ सुविधा पुर्‍याउन सकेका छैनौ । पूर्वतिर मूलनहर निर्माण सम्पन्न भैसकेका छन् । शाखा र र उपशाखा नहरहरु र संञ्चित क्षेत्र विकासको काम बाँकी छ । पश्चिमतर्फ भने मुलनहर नै १३ किलोमिटर निर्माण गर्न बाँकी छ । यसमा दुइवटा ठेक्का लगाएर मुलनहर बनाउन ठेक्का लगाइसकेको छ । निर्माण व्यवसायीहरुले काम पनि सुरु गरिसकेका छन् । सम्भवत २०८३ सम्ममा मूलनहर निर्माणको काम सम्पन्न हुन्छ । शाखा- उपशाखा नहर विस्तार गरेर ६ हजार सञ्चित क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याउन अव एक दुइ वर्ष कुर्ने पर्ने देखिन्छ ।

यस आयोजनामा स्थायी तथा अस्थायी र ज्यालादारी कर्मचारीहरु कार्यरत छन् । आयोजनामा अस्थायी दबन्दी अनुरुप २६ जना कार्यरत छन् भने  स्थायी लगायत आयोजनामा आवश्यक पर्ने जनशक्तिहरु ज्यालदारीमा राख्ने गरिएको छ । नहर निर्माण कार्यमा थप जनशक्तिहरु राख्नेगरिएको छ ।

६/ ६ जना इन्जिनियर साव इन्जिनियहरुमार्फत साइट चलेका हुन्छन् । सिजनल रुपमा पनि जनशक्ति राख्ने गरेका छौ । थरीथरीका जनशक्तिहरु यस आयोजनामा आवद्ध छन् ।

निर्धारित समयमै काम सम्पन्न हुने संभावना कत्तिको छ ? काम गर्ने शिलशिलामा कुनै चुनौति र समस्या पनि झेल्नु परिरहेको छ की ?

हाम्रो अफिस निर्माणप्रदान हुनाले हामी निर्माण गर्ने काम गर्छौ । निर्माण व्यवसायीहरुमार्फत ठेक्का लगाएर निर्माण गराउछौ । निर्माणको काम जिम्मा लिने  दिने हो ।

कतिपय यसभन्दा अधि निर्माणको काममा यसभन्दा अगाडी ठेक्का लागेका ठेक्काहरुमा निर्माण व्यवसायीहरुले काम नगर्दिएको कारण आयोजनाका काम अलपत्र परेका छन् । गतवर्ष ४ वटा ठेक्का तोडियो अव आठदेखि १० वटासम्म ठेक्काहरु तोड्नैपर्ने अवस्थामा पुगेका छन् । निर्माण व्यवसायीहरुबाट केही निर्माण कार्य कछुवा गतिमा गैरहेका छन् । गत वर्ष बजेट अभावका कारण ठेक्का लगाइएन् । यसवर्ष ठेक्का लागेका छन् । ठेक्का लागेका निर्माण व्यवसायीहरु काम सुरु गर्दै हुनुहुन्छ । उहाँहरुको सुरुवाती कामहरु राम्रै देखिएको छ । गत वर्षको दुई आर्थिक वर्षमा बजेटको अभाव थियो तर चालु आर्थिक वर्षमा बजेट बढेर आएको छ । र यो वर्ष बजेटको समस्या छैन् । आयोजनाको अन्त्यसम्म बजेट केही कमीहुनसक्ने भएतापनि बजेट पाइन्छ भन्ने आशा छ । यस आयोजनामा बजेटको समस्या छैन ।

‘न्यून बजेटका कारण पनि हामीले तोकेको समयमा प्रतिफलदिने गरी काम गरेका छौ’

निश्चल छत्कुली

आयोजना प्रमुख, प्रगन्ना बड्कापथ सिंचाइ आयोजना

उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा तपाईको नेतृत्वमा सञ्चालित प्रगन्ना बड्कापथ सिंचाइ आयोजना दाङआयोजना सिंचाई विभागबाट पुरस्कृत भएको छ । कस्तो अनुभव भइरहेको छ ?

प्रगन्ना बड्कापथ सिंचाइ आयोजनाले केन्द्रीय आयोजनाको तर्फबाट जलस्रोत तथा सिंचाई विभागले सिंचाई दिवस तथा ७२औं वार्षिकोत्सवमा पुरस्कृत हुदा यसबाट थप जिम्मेवारी तथा दायित्व बोध भएको छ । थप कामहरु गरि आयोजना समयमै सम्पन्न गराउन उत्प्रेरणा मिलेको छ । हाम्रो  सम्पूर्ण टिमले प्राप्त उत्प्रेरणाले काम गर्ने गतिलाई कायम राख्ने थप जिम्मेवारी बोध गराएको छ ।

विभाग मातहत सञ्चालित दर्जनौं आयोजना मध्येमा तपाईले व्यवस्थापकीय नेतृत्व गर्नुभएको आयोजनाको काम राम्रो देखियो नि ? तपाईको काम गर्ने तौर तरिका अन्यको भन्दा फरक भएर हो त ?

मैले आयोजना प्रमुख रुपमा आईसकेपछि आयोजनामा भएका सबै डकुमेन्टहरु अध्ययन गरे । स्थलगत भ्रमणदेखि आयोजनामा भएका सम्पूर्ण कागजातहरु अध्ययन गरेर सम्पूर्ण आयोजनाका टिमसंग बसेर आयोजनामा तत्कालै गर्नुपर्ने काम के के छन्,मिड टममा गर्नुपर्ने काम के छन् र दिर्घकालिन रुपमा गर्नुपर्ने काम के के छन् अध्ययन गरेर एउटा कार्ययोजना बनाएर  आयोजनामा काम अगाडी बढाएको थिए । फलस्वरुप टिमले गरेको  साथ सहयोग र राम्रो टिम वर्क कारणपनि आयोजनालाई धेरै हदसम्म गति प्रदान गर्न सकियो ।

-‘आवश्यकता अनुसारको बजेट विनियोजन हुन सकेको छैन यो हाम्रो मात्रै होइन् देशव्यापी समस्या हो’ -‘बजेट प्रयाप्त भएको खण्डमा यो आयोजना ३ देखि ४ वर्षमा सम्पन्न हुन्छ’

तपाईले व्यवस्थापकीय नेतृत्व गरेको आयोजनाको काम कति प्रतिशत सम्पन्न भयो ? कति बाँकी छ ? यो आयोजनामा कति जनशक्तिले काम गरिरहेका छन् ?

वार्षिकको कार्यक्रमलाई हेर्दा ८५ प्रतिशत जति वित्तीय प्रगति, तथा भौतिक प्रगति गरिएको छ ।

समग्र आयोजनामा ३० किलोमिटर सम्म नहर निर्माण गर्नुपर्नेमा हालसम्म ८ प्लस २ सय सम्म निर्माण सम्पन्न भैसकेको छ । ८ प्लस  २ सयदेखि १४५० सम्म निर्माणाधिन छ । रनिङ कन्टयाक्टहरु बन्दै छन् ।

आयोजना निर्माण र यसलाई सिघ्रताप्रदान गरिएको छ । सम्भवत ८२०० देखि १३ किलोमिटर सम्म शाखा तथा मुल नहर गर्ने कार्य सम्पन्न हुन्छ । १४४५० देखि २२२०० सम्मको नयाँ निर्माण  खण्डको काम अगाडी बढाउन ठेक्का आह्वान भैरहेको छ । यससंगै बाँकी ८ किलोमिटरको निर्माण गर्न बजेट अभावकारण ठेक्का लगाउन सकिएन् आगामी वर्ष स्रोत सुनिश्चितता लिएर सम्पूर्ण आयोजनाहरु सम्पन्न गराउने लक्ष्यमा हामी अगाडी बढेका छौ ।

प्रगन्ना सिंचाइ प्रणाली ५८ निर्माण भैसकको यसको मर्मत सम्भार तथा व्यवस्थापन गर्ने कार्यहुदै आएको छ । प्रगन्ना बड्कापथ सिंचाइ आयोजनालाइ सम्पन्न गर्ने दिशामा अगाडी बढिरहेका छौ ।

यसबाहेक सम्पूर्ण देउँखुरी उपत्यकालाई सतही सिंचाइ आयोजनाबाट कसरी कभर गर्न सकिन्छ भन्ने अध्ययन गर्ने काम भैरहेको छ । यसका साथै अर्को आयोजना सप्तरीया सिंचाइ आयोजना अध्ययन सकेर यसलाई अन्तिम रुप दिदै छौ । छिट्टै यसलाइ कार्यान्वयनमा लैजानेछौ । दंगालीछाप सिंचाइलाई अपग्रेड गरेर राजपुर भेला क्षेत्रमा थप ३ हजार हेक्टर क्षेलफलमा पुर्‍याउने पूर्व सम्भावयता गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

सतही सिंचाइ नपुज्ने स्थानमा स-साना जलासय निर्माण गरेर त्यसमा वर्खाको पानि सञ्चय गरेर अग्ला जमिनमा पानी पुर्‍याउने हिसावमा काम गर्दैछौ ।

भालुवाङमा दुवै सिंचाइ प्रणाली प्रगन्ना तथा प्रगन्ना बड्कापथ साइड इन्टेक निर्माण गर्ने काम अगि बढिरहेको छ । सडक विभागसंग समन्वय गरेर वयरक्रम ब्रिज बनाउन मन्त्रालयमा योजना पेस गरेका छौ ।  यस आयोजनामा २८ जना कर्मचारी जनशक्तिहरुले काम सञ्चालन गरेका छौ ।

निर्धारित समयमै काम सम्पन्न हुने संभावना कत्तिको छ ? काम गर्ने शिलशिलामा कुनै चुनौति र समस्या पनि झेल्नु परिरहेको छ की ?  

प्रगन्ना बड्कापथ आयोजनाको मुलनहर २७ किलोमिटर क्षेत्र सामुदायिक वन क्षेत्रबाट रेखाङकन गर्ने प्रस्ताव रहेको छ । वन मन्त्रालयसंग समन्वय गरेर मन्त्रिपरिषद्बबाट निर्णय गरेर  भोगाधिकार तथा रुख कटान स्वीकृत भैसकेको छ । यसको प्रक्रियाअलि लामो र झन्झटिलो भएकाले रुख कटान तथा हस्तान्तरण त्यसपछि मात्रै काम गर्न प्रक्रिया रहेको हुदाँ उक्त प्रोसेस अलि जटिल र धेरै समय लाग्ने हुदा समयमा काम गर्न समस्या तथा कठिनाइ भएको हुन्छ ।

विभिन्न किसिमका स्थानीय निर्माण  सामग्रीहरु उत्खनन गर्ने मुख्य विषय मूख्य समस्या छन् । आवश्यकता अनुसारको बजेट विनियोजन हुन सकेको छैन यो हाम्रो मात्रै होइन् देशव्यापी समस्या हो । तथापि विभाग मन्त्रालयबाट रकमान्तरण गरेर हुन्छ कि आन्तरिक तथा बाह्य रकमहरुदिएर यसलाई पनि सम्बोधन गर्ने प्रयास भएको छ तर त्यति प्रयाप्त छैन् ।  न्यून बजेटका कारण पनि हामीले तोकेको समयमा काम गर्न सकिन्छ कि सकिदैन भन्ने निर्धारण गर्छ । बजेट प्रयाप्त भएको खण्डमा यो आयोजना ३ देखि ४ वर्षमा सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij