२०८३ साउन १२ मंगलबार

ग्रिस पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    सोमबार, जेष्ठ ५ २०८२
2.4K
Shares
ग्रिस पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

ई-आर्थिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राईले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij