२०८३ साउन ९ शनिबार

हुण्डी कारोबारमा संलग्न दुई जना ४२ लाख रूपैयाँसहित पक्राउ

ई आर्थिक    सोमबार, बैशाख २९ २०८२
4.7K
Shares
हुण्डी कारोबारमा संलग्न दुई जना ४२ लाख रूपैयाँसहित पक्राउ

ई-आर्थिक, काठमाडौं ।  हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका-२ घर भएका २३ वर्षीय बिजय कुमार राई र रामेछाप मन्थली नगरपालिका-६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन् ।

काठमाडौं महानगरपालिका-२२ न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij