२०८३ साउन १० आइतबार

नेपालको सगरमाथा संवादका लागि भारतले दियो १५ वटा विद्युतीय गाडी सहयोग

ई आर्थिक    आइतबार, बैशाख २८ २०८२
4K
Shares
नेपालको सगरमाथा संवादका लागि भारतले दियो १५ वटा विद्युतीय गाडी सहयोग

ई-आर्थिक, काठमाडौं ।  सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतले सहयोगस्वरुप १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गरेका हुन्।

नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हो। त्यस अवसरमा मन्त्री डा. राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी छन्। उनले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताइन्।

संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उपाय खोजीका लागिसमेत सामूहिक प्रयत्नको ‘मोडल’ तय गर्ने जानकारी मन्त्री राणाले दिएकी छन्। यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको उनको भनाइ छ। संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्व तथा पाहुनाको स्वागतको प्रतीक्षामा छ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारतले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पु¥याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गरे। उनले जलवायु परिवर्तनका साझा चुनौती समाधानमा अवलम्बन गरिने उपायमा भारत सरकार नेपालको साथमा रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij