२०८३ साउन १२ मंगलबार

दिउली खोलामा पक्की पुल निर्माण सुरु, तीन करोड ८५ लाख लागत

ई आर्थिक    बिहिबार, बैशाख १८ २०८२
2.5K
Shares
दिउली खोलामा पक्की पुल निर्माण सुरु, तीन करोड ८५ लाख लागत

ई- आर्थिक, तनहुँ ।  यहाँको ऋषिङ गाउँपालिका-१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ। संघीय सशर्त अनुदानअन्तर्गत तीन करोड ८५ लाख ९३ हजार रूपैयाँ लागतमा पुल निर्माण सुरु गरिएको हो।

पुल सम्पन्न भएपछि जिल्लाका ऋषिङ, व्यास र देवघाट गरी तीन स्थानीय तहका बासिन्दा लाभान्वित हुनेछन्।

तीन पालिकाका करिब ४ सय घरधुरीलाई आवतजावतमा सहज हुने गाउँपालिकाका इन्जिनियर श्रीकृष्ण खनालले जानकारी दिए। उनले भने, ‘पुल बनेपछि दमौलीबाट दिउली खोला पुल हुँदै देवघाटको दुबुङ र खाल्टे पुग्न सहज हुनेछ।’

पुल निर्माणको जिम्मा पशुपति आर्कडी असेस जेभीले पाएको छ। हाल पुलको एउटा पिल्लर निर्माण भइसकेको र अर्को छेउको पिल्लर निर्माण भइरहेको पालिकाका इन्जिनियर अखिल सुवेदीले बताए।

उनका अनुसार ४० मिटर ‘स्पान प्रिस्ट्रेस्ड क्रङ्क्रिट’ प्रविधिबाट पुल निर्माण गर्न लागिएको हो। पुलको हालसम्म वित्तीय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत छ। विसं २०८० माघ २३ मा सम्झौता गरी पुल निर्माण सुरु गरिएको हो।

यहाँ पुल नहुँदा ऋषिङका बासिन्दाले समस्या भोग्दै आएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाइले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij