२०८३ साउन १२ मंगलबार

सातवटै प्रदेशका पूर्वाधारमन्त्रीहरू बर्दिबासमा, योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत

ई आर्थिक    सोमबार, बैशाख १५ २०८२
2.1K
Shares
सातवटै प्रदेशका पूर्वाधारमन्त्रीहरू बर्दिबासमा, योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत

ई-आर्थिक, जलेश्वर । सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीको सहभागितामा महोत्तरीको बर्दिबासमा ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम आजदेखि सुरू भएको छ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा सुरू भएको यस कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ-आफ्ना प्रदेशका विकासका अभ्यासहरू, सम्भावना र चुनौतीहरू साटासाट गर्नाका साथै एक प्रदेशले अर्को प्रदेशलाई के-कसरी सहयोग गर्न सकिने भन्ने विषयहरूमा छलफल भइरहेको छ।

सरकारका भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे।

सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवहरूसमेत उपस्थित भएर आ-आफ्ना प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका छन्।

विभिन्न प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले यस कार्यक्रमले सातवटै प्रदेश सरकारलाई एकापसमा जोड्ने काम गरेको, प्रदेश सरकारलाई बलियो बनाउने प्रयास गरेको तथा एकापसमा भए/गरेका कामहरूको अनुभव, चुनौती तथा सम्भावनाहरूलाई साटासाट गरेर आउँदा दिनमा थप प्रभावकारी रूपमा काम गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij