२०८३ साउन ९ शनिबार

वित्तीय कारोबार गर्ने १०७ संस्था राष्ट्र बैंकको अनुगमनमा चल्दै

ई आर्थिक    आइतबार, बैशाख १४ २०८२
10.2K
Shares
वित्तीय कारोबार गर्ने १०७ संस्था राष्ट्र बैंकको अनुगमनमा चल्दै

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको अभिभावक संस्था हो । केन्द्रीय बैंक अन्तर्गत ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु छन् ।

देशभर बैंक तथा वित्तीय संस्थाहरुमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरि १०७ संख्यामा बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकमा सूचिकृत भई सञ्चालित छन् । ती सबै बैंक वित्तीय संस्था केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणमा सञ्चालित छन् ।

वाणिज्य बैंकहरु

नेपालमा हाल ‘क’ वर्गका २० कम्पनी सञ्चालित छन् । कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र स्टान्डर्ड चार्टर्ड बैंक नेपाल छन् ।

विकास बैंकहरु

नेपाल राष्ट्र बैंकले विकास बैंकलाई ‘ख’ वर्गको बैंकको श्रेणीमा राख्ने गर्छ । हाल नेपालमा १७ वटा विकास बैंकहरू छन् । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, साँग्रीला डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक विकास बैंकमा सूचिकृत छन् ।

फाइनान्स कम्पनी

नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई ‘ग’ वर्गमा राखेको छ । नेपालमा १७ वटा फाइनान्स कम्पनी छन् । बेस्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, नेपाल फाइनान्स लिमिटेड, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी छन् । यी मध्ये क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल सेयर मार्केट्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी आफ्नै व्यवस्थापनबाट सञ्चालन गर्दै आएको छ ।

लघुवित्त कम्पनी

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई ’घ’ वर्गको बैंकको दर्जा दिएको छ। २०८० साउन सम्म नेपालमा खुद्रा कर्जा कारोबार गर्ने लघुवित्तको सङ्ख्या ५२ रहेको छ । जसमा आत्मनिर्भर लघुवित्त, अभियान लघुवित्त, आरम्भ चौतारी लघुवित्त, आशा लघुवित्त, छिमेक लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, डिप्रोक्स लघुवित्त, धौलागिरी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त, गणपति लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रामिण विकास लघुवित्त, गुराँस लघुवित्त, इन्फिनिटी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, जीवन विकास लघुवित्त, कालिका लघुवित्त, लक्ष्मी लघुवित्त, महिला लघुवित्त, माहुली सामुदायिक लघुवित्त, मानुषी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त, नाडेप लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, नेरुडे लघुवित्त, नेस्डो समृद्धि लघुवित्त, एनआइसी एसिया लघुवित्त, निर्धन उत्थान लघुवित्त, एनएमबी लघुवित्त, आरएसडिसी लघुवित्त, समाज लघुवित्त, समता घरेलु लघुवित्त, सामुदायिक लघुवित्त, सानाकिसान विकास लघुवित्त, सृजनशील लघुवित्त, सुपर लघुवित्त, सपोर्ट लघुवित्त, सूर्योदय वोमी लघुवित्त, स्वाबलम्बन लघुवित्त, स्वाभिमान लघुवित्त, स्वस्तिक लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नति सहकार्य लघुवित्त, स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त, मातृभूमी लघुवित्त, सम्पदा लघुवित्त, उपकार लघुवित्त, विजय लघुवित्त र विन नेपाल लघुवित्त रहेका छन् ।

पूर्वाधार विकास बैंक

पूर्वाधार विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गैरवर्गीकृत वित्तीय संस्था हो । नेपालमा यस्तो संस्थाको सङ्ख्या १ रहेको छ जुन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij