२०८३ साउन १२ मंगलबार

पर्वतारोहणबाट ५२ करोड ६३ लाख रोयल्टी संकलन, सबैभन्दा बढि रोयल्टी सगरमाथाबाट उठ्यो

ई आर्थिक    शनिबार, बैशाख १३ २०८२
4.6K
Shares
पर्वतारोहणबाट ५२ करोड ६३ लाख रोयल्टी संकलन, सबैभन्दा बढि रोयल्टी सगरमाथाबाट उठ्यो

ई-आर्थिक, सोलुखुम्बु ।  पर्वतारोहणबाट ४५ दिनमा ५२ करोड ६३ लाख ८९ हजार ५९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

पर्यटन बोर्डका अनुसार मार्च १ देखि अप्रिल १४ ( फागुन १७ देखि बैशाख ३ गते) सम्ममा उक्त मात्रामा रकम संकलन भएको हो ।

विभागका अनुसार यो अवधिमा सबैभन्दा बढि सगरमाथाबाट ४६ करोड ३३ लाख २५ हजार ७७७ रुपैयाँ रोयल्टी संकलन भएको छ । यो अवधिमा सगरमाथा आरोहणका लागि ३० समुहबाट २५३ जना पुरुष र ५८ जना महिला गरि ३११ जनाले आरोहण अनुमति लिएका थिए ।

यस्तै दोस्रोमा अन्नपुर्ण प्रथमबाट १ करोड ६३ लाख ९६ हजार ९०२ रुपैयाँ रोयल्टी संकलन भएको छ । यो समयमा अन्नपुर्ण प्रथम आरोहणका लागि ६ समुहबाट ४९ जना पुरुष र १७ जना महिला गरि ६६ जनाले आरोहण अनुमति लिएका थिए ।

रोल्टी संकलन भएको तेस्रो स्थानमा छ मकालु प्रथम, यो अवधिमा ५ समुहबाट ४३ जना पुरुष र ११ जना महिला गरि ५४ जनाले आरोहण अनुमति लिदाँ १ करोड ३३ लाख १८ हजार ९२० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

यसैगरि लोत्से हिमाल आरोहणका लागि ४ समुहबाट ३६ जना पुरुष र ७ जना महिला गरि ४३ जनाले अनुमति लिदाँ १ करोड ६ लाख १२ हजार ८० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

कञ्चन्जंगा हिमाल आरोहणका लागि ४ समुहबाट २६ जना पुरुष र १५ जना महिला गरि ४१ जनाले आरोहण अनुमति लिएका थिए । जसबाट १ करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

यो समय अवधिमा २१ ओटा हिमाल आरोहणका लागि ७४ समुहबाट ५५१ जना पुरुष र १५३ जना महिला गरि जम्मा ७०४ जनाले आरोहण अनुमति लिएका पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij