२०८३ साउन ९ शनिबार

गभर्नर नियुक्ती नहुँदै विजयनाथ भट्टराईले सिफारिस समिति सदस्यबाट दिए राजीनामा

ई आर्थिक    मंगलबार, बैशाख ९ २०८२
6.4K
Shares
गभर्नर नियुक्ती नहुँदै विजयनाथ भट्टराईले सिफारिस समिति सदस्यबाट दिए राजीनामा
ई-आर्थिक, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति लागि सरकारले गठन गरेको सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।

पूर्व गभर्नरसमेत रहेका भट्टराईले छनौट प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

राष्ट्र बैंकको गभर्नर नियुक्ति लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

समितिको सदस्यमा डा। विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई रहेका थिए।

भट्टराईले गभर्नर छनौट प्रक्रियामा नगएको र समितिको बैठकसमेत बस्न नसकिरहेको अवस्थामा आफू बस्न अनुकूल नभएको भन्दै राजीनामा दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij