ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको छ । बजारमा केहीदिनयता सुनको मूल्यले एतिहासिक रेकर्ड बनाएको छ । आज सुन तोलामै एक लाख ९१ हजार रूपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।सुनको मूल्य सोमबार प्रतितोला एक हजार दुईसय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो।
बजारमा सुनको मूल्य बढेको हिसाव हेर्दा छिट्टै २ लाख भन्दा माथि जाने व्यवसायीहरु बताउछन् । विश्वव्यापी रुपमा आर्थिक मन्दीकाकारण पनि सुनको मूल्यले आकाश छोएको व्यवसायीहरुले बताए । लगानीको क्षेत्रमा कमी हुदा तथा सुनमा लगानी सुरक्षित हुनेहुदाँ पनि सुनको मूल्य बढेको हो ।
त्यस्तै अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको आकंलन गर्न सकिन्छ ।
बजारमा आइतबार सुन प्रतितोला एक लाख ८९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। यसअघि गएको बिहीबार सुन उच्च मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने लगातार दोस्रो दिन पनि स्थिर रहेको छ। आइतबारका लागि प्रतितोला एक हजार नौ सय ६० रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।