२०८३ साउन १२ मंगलबार

धौलागिरिमा तीन वटा लामा झोलुंगे पुल निर्माण सुरु, चार करोड ७० लाखमा ठेक्का सम्झौता

ई आर्थिक    बिहिबार, बैशाख ४ २०८२
5.1K
Shares
धौलागिरिमा तीन वटा लामा झोलुंगे पुल निर्माण सुरु, चार करोड ७० लाखमा ठेक्का सम्झौता

ई-आर्थिक, म्याग्दी ।  धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुंगे पुल निर्माण सुरु भएको छ। स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका-३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो।

धौलागिरि गाउँपालिका-३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ-धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुंगे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग चार करोड ७० लाख ३६ हजार दुईसय ५० रूपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका-४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदीमाथि २५० मिटर लामो झोलुंगे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रूपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij