ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले राष्ट्रियस्तरको वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैङ्कमा ७७ करोड ६० लाख रुपैयाँ लगानी गर्ने भएको छ । साथै विकास बैंकमा १४ करोड ५५ लाख रुपैयाँ र राष्ट्रिय स्तरको वित्तीय कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
राष्ट्र बैंकले ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित बैशाख ३ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
उक्त लगानी ७ बैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म, अर्थात् ३६६ दिनका लागि हुनेछ ।

नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने